आज देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
Prime TV News ११ महिना अगाडि 
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले दिएको जानकारीअनुसार, दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।
यस क्रममा कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोसी र बागमती प्रदेशका पहाडी भागका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
रातिको समय ९साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म० मा पनि देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछन्। यस अवधिमा पनि पहाडका थोरै स्थानहरू र तराईका एक(दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेको क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।







