परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको कमल थापाको भनाई
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नंवर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफुहरु जनताको माझ आएको बताएका छन् ।
सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी र परिवर्तनकारी विचार र शक्तिको बीचमा हुन लागेको भन्दै आफु परिवर्तनको एजेन्डा बोकेर जनताको माझमा आएको बताए ।
अहिलेको निर्वाचन जेनजी आन्दोलनको जगमा हुन लागेकाले युवाहरुको भ्रष्टाचारको अन्त्य र सुशासनमा माध्यमबाट देशको आर्थिक समृद्धिको मागलाई राप्रपाले अघि बढाउने उल्लेख गर्दै शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने समेत आफुहरुको एजेण्डा रहेको उल्लेख गरे ।
थापाले जनताहरु समेत परिवर्तनको पक्षमा रहेकाले सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने आफुहरुको अभियानमा साथ प्राप्त हुने जिकिर गरे ।













