रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, सात एजेन्डामा छलफल हुने


काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ।
बैठकका बारेमा पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार, बैठकमा सात मुख्य एजेन्डाहरूमा छलफल हुने छ।
ती एजेन्डाहरूमा समसामयिक राजनीतिक अवस्था, प्रदेशस्तरीय बैठकहरूबाट प्राप्त विवरण सभापतिहरूको प्रतिवेदन, बदलिएको राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषयहरू, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका रणनीतिहरू, पार्टीको ऐतिहासिक महाधिवेशनको तयारी तथा विविध विषयहरू समावेश छन्।