रवि लामिछाने झापा–सुनसरी दौडाहामा व्यस्त
Prime TV News १ हप्ता अगाडि 
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज झापा र सुनसरीमा अत्यन्तै व्यस्त राजनीतिक दौडाहामा छन्।
बिहान ८ बजे झापा क्षेत्र नम्बर ३ अन्तर्गत चन्द्रगढीबाट सुरु भएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रममा उनले जिल्लाका प्रमुख व्यापारिक केन्द्र र चोकहरूमा मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
उनको यात्रा बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर हुँदै ११ः१० बजे दमक पुग्ने क्रममा थियो। केही ढिलाइ भए पनि हाल उनी दमकमा आयोजित कार्यक्रममा सहभागी छन्। झापाका यी कार्यक्रमहरूमा स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको छ।
झापाका कार्यक्रमहरू सम्पन्न गरेपछि सभापति लामिछाने सुनसरीको इटहरी पुग्ने कार्यक्रम रहेको छ। इटहरीमा आयोजना हुने कोशी प्रदेश लक्षित सभामा रवि लामिछाने सँगै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले समेत सम्बोधन गर्ने कार्यक्रम छ। दुवै नेता एउटै मञ्चमा देखिने भएकाले सुरक्षा व्यवस्थामा स्थानीय प्रशासनले विशेष तयारी गरेको छ।
रास्वपाले यो कार्यक्रम फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरेको हो।













