जेएनयू प्रदर्शनमा भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड पुग्यो

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेएनयू प्रदर्शनमा भएको क्षतिको बिमा दाबी २२ अर्ब २५ करोड पुग्यो

काठमाडाै। गत भदौ २३ र २४ गते जेएनयू प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अन्य क्षतिको बिमा दाबी कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा बिमा दाबी परेको छ। त्यहाँ १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरका १ हजार ३४३ वटा दाबी परेका छन्।

देशभर माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ वटा बिमा कम्पनीमा कुल २ हजार ४७८ वटा दाबी आवेदन परेको प्राधिकरणले जनाएको छ।

ओरियन्टल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबी परेका छन् भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरका दाबी परेका छन्।

क्षतिको प्रकारअनुसार सम्पत्ति बिमा ५३८, मोटर बिमा १ हजार ७७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम १३२, परिवहन बिमा ११ र अन्य १९ वटा दाबी परेका छन्।

प्रदेश अनुसार कोशी प्रदेशमा ३२२, मधेशमा २४६, बागमतीमा १ हजार ३४३, गण्डकीमा १८४, लुम्बिनीमा २०२, कर्णालीमा २२ र सुदूरपश्चिममा १५९ वटा दाबी परेका छन्।

ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको कारण दाबीको संख्या अझ बढ्न सक्ने प्राधिकरणले जनाएको छ।