सेयर बजारमा बढोत्तरी, नेप्से २६३८.६० विन्दुमा पुगे
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज २१.६२ अंकले बढेर २६३८.६० विन्दु पुगेको छ। यस दिन बजार ०.८२ प्रतिशतले वृद्धि भएको छ।
मंगलबार ३२८ कम्पनीको कारोबार भएकोमा २१३ कम्पनीको मूल्य बढ्दा ४२ कम्पनीको घटेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम चार अर्ब २३ करोडभन्दा बढी पुगेको छ। अघिल्लो दिन यो रकम पाँच अर्ब १३ करोड थियो।
सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै रिलायन्स स्पिनिङ मिल्स ९.३१%, हिमालयन पावर पार्टनर ९.१५%, सागर डिस्टिलरी ८.९६% र बन्दीपुर केबलकार ८.३४%को मूल्य उल्लेखनीय वृद्धि भएको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानलको सेयर सर्वाधिक ३७ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ। यसैगरी, आँखुखोला जलविद्युत्, रिदी विद्युत् कम्पनी, ङादी पावर र रिदी पावर क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।
सेयर बजारका १३ वटा उपसमूहमा सबै सूचक बढेका छन्। सबैभन्दा बढी १५८ अंकले वृद्धि भएको उपसमूह रहेको नेप्सेले जनाएको छ।












