सरकारले निर्वाचनमा मतदान सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा

User Image Prime TV News १ हप्ता अगाडि
Image of सरकारले निर्वाचनमा मतदान सहभागिता बढाउन तीन दिन सार्वजनिक बिदा

काठमाडौ । सरकारले आगामी निर्वाचनलाई ध्यानमा राख्दै फागुन २० देखि २२ सम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। निर्वाचन आयोगले मतदानमा अधिकतम सहभागिता जुटाउन सरकारसमक्ष सार्वजनिक बिदा दिने सिफारिस गरेको थियो । सरकारी निर्णयअनुसार, यस अवधिमा सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

नागरिकहरूले यो बिदाको फाइदा उठाउँदै मतदानमा सक्रिय सहभागिता जनाउन सक्ने छन्। सरकारले जनताको मतदानमा सहज पहुँच बढाउने उदेश्यले सार्वजनिक विदा दिएको हो । साथै बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ ।