सावित्रा भण्डारीको उपचारमा एन्फाको बेवास्ता, खेलाडीहरूले गरे प्रदर्शन

User Image Prime TV News १ हप्ता अगाडि
Image of सावित्रा भण्डारीको उपचारमा एन्फाको बेवास्ता, खेलाडीहरूले गरे प्रदर्शन

काठमाडौ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेपछि पूर्व र वर्तमान राष्ट्रिय खेलाडीहरूले आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी खेलाडीहरूले प्ले-कार्डमा “सावित्रा भण्डारी नेपाली नै हुन्?”, “एन्फा झुठको खेती कहिलेसम्म?”, “खेल खेल्ने खेलाडी नरहे तिमी कसरी रहन्छौ एन्फा?”, “लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर” लगायतका नाराहरू लेखेर संघको ध्यानाकर्षण गराएका थिए।

नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा, राष्ट्रिय टोलीका पूर्व कप्तान, वर्तमान उपकप्तान र अन्य खेलाडीहरू यस विरोध प्रदर्शनमा सहभागी भएका थिए। साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपील गरेपछि एन्फाको बेवास्ता बाहिर आएको हो।