काठमाडौंसहित देशका विभिन्न भूभागमा वर्षा

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौंसहित देशका विभिन्न भूभागमा वर्षा

काठमाडौ । काठमाडौं उपत्यका र देशका विभिन्न पहाडी भूभागमा मंगलबार दिउँसो वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, कपन क्षेत्र सहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पानी परेको छ। विशेषगरी संखुवासभा नुम मापन केन्द्रमा पछिल्लो एक घन्टामा २० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। दोलखा जिल्लाको जिरीमा समेत वर्षा भइरहेको छ।

महाशाखाकी मौसमविद् पुजा लामिछानेका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा भएको हो। काठमाडौंमा दिउँसो २ देखि ३ बजेसम्म पानी पर्ने अनुमान गरिएको थियो भने बादलको प्रभाव अपराह्न ४ बजेसम्म रहने उनले बताइन्।

साँझ ५ बजेदेखि काठमाडौंको मौसम क्रमशः सफा हुँदै जाने अपेक्षा गरिएको छ। बुधबार कोशी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हिमपात हुन सक्ने तर तल्लो भूभागमा वर्षा वा हिमपात हुने सम्भावना कम रहेको छ।