प्रतिनिधि सभा निर्वाचनका लागि चीनको ४ मिलियन डलर सहयोग स्वीकार

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रतिनिधि सभा निर्वाचनका लागि चीनको ४ मिलियन डलर सहयोग स्वीकार

काठमाडौ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चीन सरकारले ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १२ लाख रुपैयाँ) नगद अनुदान सहयोग प्रदान गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। मन्त्री अर्यालका अनुसार चीन सरकारले निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रस्ताव गरेको रकम नेपाल सरकारले औपचारिक रूपमा स्वीकृत गरेको हो।

प्राप्त सहयोग निर्वाचनसँग सम्बन्धित आवश्यक सामग्री व्यवस्थापन, प्राविधिक तयारी र प्रशासनिक खर्चमा प्रयोग गरिने बताइएको छ। सरकारले मित्र राष्ट्रबाट प्राप्त सहयोग पारदर्शी र कानुनी प्रक्रियाअनुसार परिचालन गरिने स्पष्ट पारेको छ। आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सरकार आवश्यक तयारीमा जुटिरहेको जनाइएको छ।