जवाङ खोलामा पहिरो: मुग्लिन–मालेखु सडकखण्ड अवरुद्ध

User Image Prime TV News १ हप्ता अगाडि
Image of जवाङ खोलामा पहिरो: मुग्लिन–मालेखु सडकखण्ड अवरुद्ध

काठमाडाै । मुग्लिनमालेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा ठूलो पहिरो खस्दा सोमबार राति १२ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

मुग्लिननागढुङ्गा सडक आयोजना कार्यालयका अनुसार पहिरो ठूलो मात्रामा खसेको र निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ। रातिको समयमा जोखिम हुने भएकाले पहिरो पन्छाउने काम आज बिहानबाट मात्र सुरु गरिएको छ । 

दिनभर पहिरो पन्छाउने कार्य चल्ने हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । 

यसअघि शुक्रबार गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिननारायणगढ सडकखण्ड आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो। तर, मङ्गलबार पुनः पहिरो खस्दा राजधानीसँगको मुख्य सडक फेरि अवरुद्ध भएको हो ।