लामिछानेले चुनाव सार्ने कुरा नगर्न आग्रह, 'चार दिन पनि लामो हुन्छ'

User Image Prime TV News १ हप्ता अगाडि
Image of लामिछानेले चुनाव सार्ने कुरा नगर्न आग्रह, 'चार दिन पनि लामो हुन्छ'

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा चुनाव सार्नुपर्ने अभिव्यक्तिको जवाफ दिँदै चुनाव तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभामा लामिछानेले भने, “यो चुनाव सारौँ-सारौँ भन्नेहरूलाई यति भन्न चाहन्छु, सार्ने भए चार दिन वर सारौँ, हामीलाई ठीक छ। चार दिन पनि अलि लामो भो।” उनले सबैलाई चुनावको प्रक्रिया सम्मान गर्न र समयमै मतदान गर्न आग्रह गरे।

पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडिओ सन्देशमा देशको निकास सबै शक्तिलाई समेटेर मात्र चुनाव गरिनुपर्ने तर्क गरेका थिए। लामिछानेले भने, “यो सारौँ भन्ने कुरा नगरौँ, चुनाव गरौँ। चुनावले दिएको परिणाम स्वीकार गरौँ।”

उनले थपे, “देश अघि बढिसकेको छ। लोकतन्त्रको ठेक्का कसैले नलिऔँ। यतिका सचेत जनताले लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि।”