ट्रम्पले संसदमा विदेश नीति र व्यापारमा धारणा प्रस्तुत

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्रम्पले संसदमा विदेश नीति र व्यापारमा धारणा प्रस्तुत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संसद्‌मा करिब दुई घण्टा लामो भाषणमार्फत इरान, भारत पाकिस्तान द्वन्द्व, गाजा युद्धविराम, भन्सार नीति, तेल उत्पादन र भेनेजुएलासँगको सम्बन्धसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरे।

उनले इरानले अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गर्न सक्ने चेतावनी दिए र दुई देशबीचको आणविक युद्धबाट ठूलो जनधन क्षति हुन सक्ने भन्दै भारत–पाकिस्तान युद्धविरामलाई उल्लेखनीय उपलब्धि भने। गाजा युद्धविरामलाई सफल ठहराउँदै सबै इजरायली बन्धक रिहा भएको जानकारी दिए।

महँगी र तेल उत्पादनमा डेमोक्र्याटहरू जिम्मेवार भएको आरोपसहित उनले अमेरिकामा तेल उत्पादन प्रतिदिन ६ लाख ब्यारेलभन्दा बढीले बढेको जानकारी दिए। भन्सार र व्यापारमा सर्वोच्च अदालतको ट्यारिफ फैसलालाई दुर्भाग्यपूर्ण भन्दै नयाँ १५ प्रतिशत विश्वव्यापी ट्यारिफ लागु गर्न आह्वान गरे।

ट्रम्पले ऊर्जा उत्पादन बढाउन र भेनेजुएलासँग मित्रवत सम्बन्ध निर्माण गर्न पनि जोड दिए। उनका आलोचक र विश्लेषकहरूले यस भाषणलाई विदेश नीति, व्यापार र ऊर्जा क्षेत्रमा अमेरिकाको दृष्टिकोण स्पष्ट पार्ने प्रयासको रूपमा मूल्याङ्कन गरेका छन्।