यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् । निर्णय अनुसार सरकारले निर्वाचनको तयारीमा ध्यान दिँदै फागुन २०–२२ सम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसैगरी, निर्वाचनमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्नेछ भने मृत्यु भएमा उनका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने व्यवस्था गरिएको छ।
बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ। बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा अनुमोदन गरिएको छ भने केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन पनि स्वीकृति दिइएको छ।
साथै, मन्त्रिपरिषद्ले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको पनि सार्वजनिक गरिएको छ। यी निर्णयहरूले चुनाव पूर्व प्रशासनिक तयारी, ऊर्जा परियोजना प्रवर्द्धन र सुरक्षा व्यवस्थामा सरकारको प्राथमिकता स्पष्ट भएको विश्लेषकहरूले बताएका छन्।














