आजपाले छठपछि आन्दोलन गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of आजपाले छठपछि आन्दोलन गर्ने

काठमाडौ । आम जनता पार्टी (आजपा) ले छठपछि आन्दोलन गर्ने घोषणा गरेको  छ ।

आजपाले आगामी छठ पर्वपछि राष्ट्रिय स्तरमा आन्दोलन गर्ने निर्णय गरेको छ। गत ४ असोजको केन्द्रीय कमिटी बैठक र ५ असोजको पदाधिकारी बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति जारी गर्दै पार्टीको आगामी आन्दोलनको घोषणा गरेको जानकारी दिएका छन्।

उनले भने, "दशैं, दीपावली, र छठ पर्वसम्म पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीहरूले बैठक, भेला, कमिटी गठन र पुनर्गठन गरि चाडपर्व सकिएपछि पार्टी आन्दोलनमा उत्रिनेछ।"