मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र थप हुने

User Image Prime TV News १ हप्ता अगाडि
Image of मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र थप हुने

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र राख्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफारिश गरेको छ ।

दुई वटा मतदान केन्द्र थप भए संगै मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ९० वटा मतदान केन्द्र रहने भएको छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्र्मीहरुका लागि आदर्श पुस्तकालयमा अस्थाई मतदान केन्द्र स्थापना गर्न सिफारिश गरिएको छ ।

अस्थाई मतदाताका लागि ५ हजार २ सय ८२ जनाको नामावली संकलन भएको र यसमा मोरङ कारागारका १ सय ६४ जना कैदी बन्दीले समेत नाम दर्ता गराएका छन् । यसैगरी मोरङ कारागारमा रहेका कैदी बन्दीका लागि एउटा अस्थाई मतदान केन्द्र सिफारिश गरिएको निमित प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । 

निर्वाचनमा खटिने कर्मचारीहरुले भने आफु खटिएको मतदान केन्द्रमा नै समानुपातिक तर्फमतदान गर्न पाउनेछन् । मोरङमा अस्थायी मतदाता नामावलीमा रहेका कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दी तथा वृद्धाश्रममा रहेका आश्रति नागरिकहरुले अस्थाई मतदान केन्द्रमा समानुपातिक तर्फमात्र मतदान गर्न पाउनेछन् ।