मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अभिमुखीकरण तालिम पोखरामा शुरु
Prime TV News १ हप्ता अगाडि 
कास्की । कास्की जिल्लामा आगामी हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागी अभिमुखीकरण तालिम पोखरामा शुरु गरिएको छ । उक्त अभिमुखीकरणमा १ सय ५३ मतदान स्थल र ३ सय ६३ मतदान केन्द्रका लागी खटिने ६ सय ८२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी रहेका छन् ।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले कास्की जिल्लाको निर्वाचन प्रकृयालाई महत्वका साथ हेरिएको भन्दै निर्वाचन लाई सुरक्षित र निष्पक्ष बनाउनका लागी सबै सरोकारवाला पक्षको महत्वपूर्ण जिम्मेवारी रहने बताए । उनले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुले इमान्दारीतका साथ आफ्नो भुमिका पुरा गर्न आग्रह गरे ।
३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेको कास्की जिल्लामा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई मर्यादित र व्यवस्थीत बनाउनका सवैको भूमिका महत्वपूर्ण हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताए ।
कास्की जिल्लामा निर्वाचनका लागी १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र रहेका छन् । मतदान केन्द्रलाई अति संवेदनशिल , केही संवेदनशिल र केही सामान्य गरी बर्गिकरण गरिएसंगै प्रयाप्त मात्रामा सुरक्षाकर्मिहरु परिचालन हुने हुँदा ढुक्क साथ मतदान गर्न सकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्कीले वताए ।












