श्रम र उत्पादनमुखी संस्कृति राष्ट्र निर्माणको आधारः हर्क साम्पाङ

User Image Prime TV News १ हप्ता अगाडि
Image of श्रम र उत्पादनमुखी संस्कृति राष्ट्र निर्माणको आधारः हर्क साम्पाङ

सिराहा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्र निर्माणका लागि इमान्दार श्रम र उत्पादनमुखी संस्कृतिलाई आधारभूत ठानेका छन्।

सिरहाको गोलबजारमा आयोजित नेता कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्टन्ट र देखावटी भन्दा सच्चा श्रम राष्ट्र निर्माणका लागि महत्वपूर्ण भएको बताए। उनले युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्दै राजनीतिमा लोकप्रियता भन्दा परिणाममुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए।

साम्पाङले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई गाउँ गाउँमा श्रम अभियान सञ्चालन गर्न निर्देशन दिए र विकासको आधार आत्मनिर्भरता र श्रम नै भएको बताए। उनले श्रमलाई सम्मान गर्ने संस्कार समाजमा स्थापित गर्नु आवश्यक रहेको पनि बताए।