सुनको मूल्य नयाँ कीर्तिमा, तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँ


काठमाडौं । नेपालमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ थियो। मंगलबार मात्र सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेको हो। यसअघि सोमबार कायम भएको मूल्य नै रेकर्ड मानिएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार तोलामा २ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर २ हजार ६ सय ८० रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्य वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, डलरको भाउ, ब्याजदर र लगानीकर्ताको मनोविज्ञानसँग जोडेर हेरिएको छ।