बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा र एमाले कार्यकर्ता विच झडप, एमालेका दुई कार्यकर्ता घाइते

User Image Prime TV News ६ दिन अगाडि
Image of बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा र एमाले कार्यकर्ता विच झडप, एमालेका दुई कार्यकर्ता घाइते

काठमाडौ । बैतडीमा चुनावी प्रचारप्रसारका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी नेकपा एमाले का दुई जना कार्यकर्ता घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडी का अनुसार डिलासैनी गाउँपालिका वडा नम्बर ७ को लेक टोलमा चुनाव प्रचारका क्रममा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच विवाद चर्किँदा झडप भएको हो।

झडपमा परी घाइते हुनेमा डिलासैनी–७ निवासी एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन्। प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ।

घाइते दुवैको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंह ले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जानकारी दिए ।