पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारलाई थप उपचारका भारत लगियो

User Image Prime TV News १ हप्ता अगाडि
Image of पूर्वप्रधानमन्त्री खनालकी पत्नी चित्रकारलाई थप उपचारका भारत लगियो

काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रारम्भिक उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनलाई सोमबार राति भारतको अपोलो अस्पताल स्थानान्तरण गरिएको हो। नेता खनाल स्वयं पत्नीको साथमा भारत गएका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले काठमाडौंको कीर्तिपुरस्थित खनालको घरमा आगजनी गर्दा रवीलक्ष्मी गम्भीर घाइते भएकी थिइन्। आगलागीका कारण उनको शरीरको करिब १७ प्रतिशत भाग जलेको चिकित्सकहरूले जनाएका छन्।

साथै, उपचारको क्रममा संक्रमण फैलिएपछि स्वास्थ्य अवस्था झनै जटिल बन्न पुगेको थियो। कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा चिकित्सकहरूले उनको देब्रे हात काट्नु परेको थियो।

चित्रकारको उपचार दिल्लीस्थित अपोलो अस्पतालमा भइरहेको छ। चिकित्सकीय टोलीले स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छन्।