स्याङजा–२ मा जय मातृभूमि पार्टी उम्मेदवारको कांग्रेस समर्थनलाई

User Image Prime TV News ६ दिन अगाडि
Image of स्याङजा–२ मा जय मातृभूमि पार्टी उम्मेदवारको कांग्रेस समर्थनलाई

स्याङ्जा । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्ने निर्णय गरेका छन्।

थापाले यसअघि मल्लसँग प्रत्यक्ष संवाद गरेपछि आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने निर्णय गरेका हुन्। यस कदमले स्याङ्जामा तीन मुख्य दल कांग्रेस, एमाले र रास्वपाबीचको प्रतिस्पर्धामा रणनीतिक प्रभाव पार्ने देखिन्छ।

क्षेत्रीय विश्लेषकका अनुसार मल्ल संगठनात्मक बल र परिचित अनुहार भएका कारण ग्राउन्ड केही बलियो रहेको छ। थापाको समर्थनपछि मल्लको प्रतिस्पर्धात्मक स्थिति अझ मजबुत हुने अपेक्षा गरिएको छ। यो कदमले आगामी मतदानमा कांग्रेसतर्फ मत केन्द्रित हुने सम्भावना पनि बढाएको छ।