भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफु निर्वाचनमा होमिएको होः पुकार बम

User Image Prime TV News ६ दिन अगाडि
Image of भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफु निर्वाचनमा होमिएको होः पुकार बम

काठमाडौ । काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् । 

बिहीबार घरदैलोका क्रममा रास्वपा उम्मेदवार बमले देशमा नै भविष्य खोजेका युवाहरुका लागि उचित वातावरण बनाउदै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफु निर्वाचनमा होमिएको बताउनुभएको हो । आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको क्षेत्र बनाउने र बिगतदेखि नै काठमाडौं–४ ले भोगिरहेको अन्याय अन्त्य गरिने बताए । 

बमले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरु उत्साहित रहेको र रास्वपालाई पाँच बर्षका लािग सरकार बनाउन सहयोग गरिरहेकाले आफ्नो पक्षमा नजिता आउने विश्वास व्यक्त गरे । काठमाडौं क्षेत्र नम्बर–४ मा रास्वपा उम्मेदवार बमका साथै एमालेबाट राजन भट्टराई, कांग्रेसबाट सचिन तिमल्सिना, नेकपाबाट इन्द्र कुमार भुसाल, राप्रपाबाट सुरेन्द्र भण्डारी लगाएत २८ जना चूनावी प्रतिष्पर्धामा छन् ।

यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् भने कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् । सो क्षेत्रमा यसअघि नेपाली कांग्रेसका गगन कुमार थापा बिजयी हुनुभएको थियो ।