अमेरिकाले १०० भन्दा बढी नेपाली अवैध बसोबासी डिपोर्ट गर्न तयारी
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका १०० भन्दा बढी नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल पठाउने तयारी गरेको छ। वासिङ्टन डिसीस्थित नेपाली दूतावासले ती व्यक्तिहरूको नागरिकता र पहिचान प्रमाणीकरण गरिसकेको जनाएको छ।
डिपोर्ट हुनेहरूको सूचीमा धेरैजसो मेक्सिको हुँदै अवैध प्रवेश गरेका युवाहरू छन्, र अधिकांश पुरुष छन्। अमेरिकी इमिग्रेसन अधिकारीहरूले तत्कालै काठमाडौं पठाउने योजना बनाएको भए पनि प्राविधिक कारणले केही दिन ढिलाइ भइरहेको छ।
दूतावासका अधिकारीका अनुसार, “आफ्ना नागरिकको कागजात प्रमाणीकरण गर्नु दूतावासको नियमित काम हो। आइसीईले पठाएको सूचीका आधारमा हामीले उनीहरू नेपाली भएको पुष्टि गरिसकेका छौँ। प्रमाणिकरण सकिएपछि उनीहरू नेपाल फर्किनेछन्।”
डिपोर्टेसन प्रक्रिया नयाँ नियमअनुसार तीन चरणमा हुने जनाएको छ । डोनाल्ड ट्रम्प प्रशासनपछि अमेरिकामा आप्रवासन नीति कडा भएको छ। तथ्यांक अनुसार जनवरी २०२६ मा ८० नेपाली डिपोर्ट, फेब्रुअरीसम्म यो संख्या १०१ पुगेको छ। ट्रम्प कार्यकालमा करिब ५ सय नेपाली डिपोर्ट भइसकेका छन्।
धेरैजसो डिपोर्ट हुनेहरू मानव तस्करीमार्फत ठूलो रकम तिरेर जोखिमपूर्ण यात्रा गरेर अमेरिका पुगेका युवाहरू हुन्।












