साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । साताको अन्तिम दिन आज नेपाली शेयर बजार सामान्य बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.०३ अंकले बढेर २,६५४ विन्दुमा कायम भएको छ।
आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ। दिनभरमा ३३५ कम्पनीका १ करोड ५३ हजार कित्ता शेयर किनबेच भएका छन्, जसको कुल कारोबार ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रहेको छ।
सबैभन्दा धेरै कारोबार अपि पावर कम्पनीको शेयरमा भएको छ, जसको ३२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युतको २१ करोड १३ लाख र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
लगानीकर्तामध्ये सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशत लाभ कमाएका छन्। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.२६ प्रतिशत, र हिम स्टार ऊर्जाका लगानीकर्ताले ६ प्रतिशत लाभ पाएका छन्।
अर्कोतर्फ, सबैभन्दा धेरै घाटा नविल डिबेञ्चर २०८२ का इकाईधनीले भोगेका छन्, जसले ३.६० प्रतिशत घाटा व्यहोरेका छन्। आजको बजार कारोबारले सन्तुलित गतिविधि देखाएको छ र केही कम्पनीको शेयरले उच्च लाभ दिँदै बजारमा सामान्य सकारात्मक संकेत दिएको छ।











