टोपबहादुर रायमाझी फर्किए कारागार , पाण्डे अझै फरार

User Image Prime TV News १ हप्ता अगाडि
Image of टोपबहादुर रायमाझी फर्किए कारागार , पाण्डे अझै फरार

काठमाडौ । नेकपा (एमाले) का निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ स्वेच्छिक रूपमा केन्द्रीय कारागार, सुन्धारा फर्किएका छन्। भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको जेल तोडफोडपछि रायमाझी अन्य कैदीहरूसँगै फरार भएका थिए। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा विगत दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा थिए।

सुन्धारा कारागारका अनुसार रायमाझी कुनै बाह्य दबाब वा पक्राउ बिना आफैं उपस्थित भएका हुन्। जेनजी आन्दोलनका कारण करिब ३३ सय कैदी कारागारबाट फरार भएका थिए । फरार भएका केही आफैं फर्किन थालेका छन् भने अन्यको खोजी कार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ।

उक्त दिन फरार भएका अर्का चर्चित व्यक्ति, पूर्व गृहसचिव टेकनारायण पाण्डे भने हालसम्म सम्पर्कविहीन छन्। प्रशासनका अनुसार पाण्डेसँग कुनै प्रकारको सम्पर्क स्थापित हुन नसकेको र उनी अझै फरार रहेको पुष्टि भएको छ।