राष्ट्रिय मगर दिवसमा बालेन शाहको सन्देश: मगर समुदायको योगदान अतुलनीय

User Image Prime TV News ५ दिन अगाडि
Image of राष्ट्रिय मगर दिवसमा बालेन शाहको सन्देश: मगर समुदायको योगदान अतुलनीय

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ले न्यायमूलक र समतामूलक समाज निर्माणमा मगर समुदायको योगदान ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय मगर दिवस का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संसारभर छरिएर रहेका मगर समुदायले आफ्नो मौलिक संस्कार, परम्परा, कला, भेषभूषा र जातीय पहिचान संरक्षणमा उदाहरणीय रूपमा सजग रहेको बताए।

शाहले भने, “आफ्नै मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध मगर समुदायको यस विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना, एकताको हार्दिक शुभकामना।”

उनले नेपाल एकीकरणको अभियानदेखि वर्तमान राजनीतिक र सामाजिक रूपान्तरणसम्म मगर समुदायले खेलेको अमूल्य भूमिका स्मरण गर्दै वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाउन योगदान पुर्‍याएको पनि उल्लेख गरे।

बालेन शाहले सबै समुदायबीच आपसी सम्मान, सहअस्तित्व र एकताको माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा व्यक्त गरेका छन्।