सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो

User Image Prime TV News ५ दिन अगाडि
Image of सुनको भाउ घट्यो, चाँदीको भाउ बढ्यो

काठमाडौ । शुक्रबार बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुनको भाउ ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो।

सुनको मूल्यमा यो गिरावट माघ १५ गते कायम भएको उच्च रेकर्ड ३ लाख ३९ हजार रुपैयाँको तुलनामा निकै कम हो। विशेषज्ञहरूले सुनको भाउमा आएको घटबढलाई अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको दर र स्थानीय माग–आपूर्तिसँग जोडेर विश्लेषण गरेका छन्।

यसबीच, चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बजारमा सुन र चाँदीको मूल्यमा आएको परिवर्तनले लगानीकर्ताहरू र व्यवसायीको ध्यान खिचेको छ, र आगामी दिनमा मूल्यमा स्थिरता आउने अपेक्षा गरिएको छ।