रवि लामिछाने र बालेन शाहको फोटो छापिएका टी–सर्ट प्रहरीले गर्यो जफत

User Image Prime TV News ५ दिन अगाडि
Image of रवि लामिछाने र बालेन शाहको  फोटो छापिएका टी–सर्ट प्रहरीले गर्यो जफत

बिराटनगर । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा बजारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो छापिएका टी–सर्ट प्रहरीले जफत गरेको छ।

प्रहरीका अनुसार, होलीको अवसरमा प्रयोग हुने यी टी–सर्टहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सम्भावना रहेको र मतदातामा प्रभाव पार्न सक्ने भएकाले बरामद गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयका अनुपार झापा, मोरङ र सुनसरीका विभिन्न बजारबाट हालसम्म १,७६२ थान टी–सर्ट नियन्त्रणमा लिइएको जनाएको छ । 

विशेषगरी मोरङको विराटनगरमा प्रहरी टोलीले १,५०० थान भेस्ट र टी–सर्ट जफत गरेको छ भने झापाका बिर्तामोड, मेचीनगर, दमक र बुद्ध शान्ति क्षेत्रबाट २६२ थान टी–सर्ट बरामद भएको छ। प्रहरीले भने, पछिल्लो समय होलीका दिन सोते रङ्गको कपडा लगाउने प्रचलन बढेको छ र त्यस्ता कपडामा राजनीतिक नारा वा व्यक्तिको फोटो प्रिन्ट गरिनु व्यापक भएको पाइएपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीले मतदाता प्रभावित पार्ने सम्भावित सामग्री नियन्त्रणमा राखेर निर्वाचनको मौन अवधि र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ।