सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै होः रवि लामिछाने
Prime TV News ५ दिन अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै भएको बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारको अखडा बनाउने कामले नै सिंहदरबार जलेको भन्दै सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने समूह एउटै भएको बताए । उनले सिंहदरबार जलाउनेहरु रास्वपाका मान्छेहरु भएको भन्दै भ्रम छर्ने र आरोपित गर्ने काम भएको भन्दै उनले विद्यालयको पोशाकमा आएका बालबालिकाको छाती र टाउकोमा गोली हानिएपछि संरचना जलेको तर्क गरे ।
उनले सहकारी प्रकरणमा आफुलाई पक्राउ गर्दा अन्तिम इच्छा सोधिएकोमा निर्वाचनमा मतपत्रमा आफ्नो अन्तिम ईच्छा देखाइदिन आग्रह गरे । मुलुकलाई समुन्नतिको बाटोमा लिएर जान र सुशासनको नयाँ रेकर्ड कायम गर्न आफुहरु तयार रहेको उनको भनाई थियो । अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा लिएर जाने भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारहरूलाई मागिखाने भाडो नभइ गरिखाने अवस्था सिर्जना गर्ने सभापति लामिछानेको भनाई थियो ।
त्यस्तै रास्वपा बरिष्ठ नेता बालेन शाहले देशलाई कृषिमा आत्मनिर्भर बनाउन किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न जरुरी रहेकाले रास्वपाले यसलाई विशेष ध्यान दिने बताए । किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर बाहिरबाट कृषि उत्पादन आयात गर्न बाध्य बनाइएको भन्दै उनले यसलाई रोकेरै छाड्ने स्पष्ट पारे । शाहले चितवनमा किसानले सही मूल्य र बजार नपाएको समस्या भएकाले समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।













