पाकिस्तान र अफगानिस्तान द्धन्द्धमा अमेरिकाले आवश्यक ठाने हस्तक्षेप गर्न सक्छस: ट्रम्प
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । पाकिस्तान र अफगानिस्तान (तालिबान प्रशासन) बीच सशस्त्र झडप सुरु भएको दाबी गरिएको छ।
सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा दुवै पक्षले एक–अर्काका सैनिक तथा लडाकु मारिएको दाबी गरेका छन्, तर हताहतको संख्या बारे फरक–फरक विवरण सार्वजनिक भइरहेका छन्।
दुवै देशका सुरक्षा निकायबाट आ–आफ्नो पक्षमा क्षति भएको दाबी आए पनि स्वतन्त्र स्रोतबाट ती विवरण पुष्टि भइसकेका छैनन्। यद्यपि हालसम्मको संकेतले यो द्वन्द्व तत्काल नियन्त्रणमा आउने अवस्था नरहेको देखिन्छ, जसले क्षेत्रीय सुरक्षाबारे गम्भीर चिन्ता बढाएको छ।
यसैबीच डोनाल्ड ट्रम्पले पाकिस्तान–अफगानिस्तानबीचको तनावबारे प्रतिक्रिया दिएका छन्। बीबीसीका अनुसार ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले आवश्यक ठाने हस्तक्षेप गर्न सक्ने बताएका छन्। तर उनले आफू पाकिस्तानसँग नजिकको मित्रता रहेको भन्दै अमेरिकी भूमिकाबारे सतर्क अभिव्यक्ति दिएका छन्।
विश्लेषकहरूका अनुसार यदि द्वन्द्व लम्बिँदै गयो भने यसले दक्षिण तथा मध्य एसियाको सुरक्षा सन्तुलनमा गहिरो असर पार्न सक्छ। कूटनीतिक संवाद कमजोर देखिनु र सैन्य बयानबाजी चर्किनु अवस्थालाई झनै जोखिमपूर्ण बनाइरहेको उनीहरूको आकलन छ।













