गगन थापाले आज मधेस प्रदेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

User Image Prime TV News ४ दिन अगाडि
Image of गगन थापाले आज मधेस प्रदेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्  ।

सभापति थापाको सचिवालयका अनुसार उनले आज सर्लाहीको ईश्वरपुरबाट, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सभापति थापाले आइतबार काठमाडौं उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।