संसद् पुनःस्थापनाको माग गर्नुहुन्न, कांग्रेस निर्वाचनमा जानुपर्छः नेता शर्मा
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनःस्थापनाको माग गर्नु उपयुक्त नहुने बताएका छन्। पार्टीको कार्यक्रममा उनले पार्टीले निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिमा निर्वाचन मिति घोषणा गरेको स्मरण गराए।
शर्माले पार्टीभित्र संसद् विघटनबारे दुईमत नराखी एकढिक्का भएर अगाडि बढ्नुपर्ने भएको वताए । साथै, उनले जेन–जी पुस्ताले उठाएका मागप्रति समर्थन जनाउँदै, परिवर्तनका लागि लड्ने यो पुस्ताको सरकारमा पर्याप्त प्रतिनिधित्व नभएकोप्रति आपत्ति पनि जनाएका छन् ।












