लिभरपुलसंग वेस्टहम पराजित
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । घरेलु मैदान एन्फिल्डमा भएको प्रतिस्पर्धामा लिभरपुलका लागि ह्युगो एकिटिके, भर्जिल भान डाइक, एलेक्सिस म्याक एलिस्टर र कोडी ग्याक्पोले समान एक–एक गोल गरे। एक गोल भने आत्मघाती रूपमा प्राप्त भयो।
खेलको पाँचौँ मिनेटमै एकिटिकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २४औँ मिनेटमा भान डाइकले अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर, ४३औँ मिनेटमा म्याक एलिस्टरले गोल थपेपछि लिभरपुल ३–० ले अघि रह्यो।
दोस्रो हाफको ४९औँ मिनेटमा वेस्टहमका टोमास सौसेकले गोल फर्काए। ७०औँ मिनेटमा ग्याक्पोले गोल गरेपछि खेल ४–१ को स्थितिमा पुग्यो। ७५औँ मिनेटमा भ्यालेन्टिन क्यास्टेलानोसले अर्को गोल गर्दै वेस्टहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि भएको आत्मघाती गोलले खेल ५–२ मा टुंगियो।
यस जितसँगै लिभरपुलले २८ खेलबाट १४ जित, ६ बराबरी र ८ हारसहित ४८ अंक पुर्याएको छ। पराजित वेस्टहम २५ अंकसहित तालिकाको १८औँ स्थानमा रहेको छ।












