काठमाडौ–६ मा प्रलोपाले गर्यो नेेकपा उम्मेद्वारलाई समर्थन

User Image Prime TV News ३ दिन अगाडि
Image of काठमाडौ–६ मा प्रलोपाले गर्यो नेेकपा उम्मेद्वारलाई समर्थन

काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक समीकरण बनेको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका गिरीराज अर्याल (राकेश) ले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हिमाल शर्मा लाई समर्थन गर्ने घोषणा गरेका छन्।

अर्यालले विज्ञप्तिमार्फत वर्तमान राजनीतिक परिस्थितिमा स्पष्ट विचार र एजेन्डासहित अघि बढिरहेको शक्ति नेकपा रहेको उल्लेख गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। उनले मतदातालाई तारा चुनाव चिह्नमा मतदान गरी प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन्।

उनका अनुसार काठमाडौ–६ को प्रलोपा क्षेत्रीय कमिटीसमेत सामूहिक रूपमा नेकपामा समाहित भएको छ। यस निर्णयसँगै उक्त क्षेत्रमा वाम मत एकीकृत हुने विश्लेषण गरिएको छ।