दुर्गा प्रसाईँद्वारा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा

User Image Prime TV News ११ महिना अगाडि
Image of दुर्गा प्रसाईँद्वारा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि छठ पर्वपश्चात् अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै धर्मनिरपेक्षताको नाममा मुलुकमा भइरहेको धार्मिक अपमान स्वीकार्य नहुने बताए।

प्रसाईँले भने,"हामी दसैँ, तिहार र छठ सकिएपछि हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात, बौद्धसहितको हिन्दु अधिराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन सुरु गर्नेछौं। पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।"

उनले सामाजिक सञ्जालमा मात्र स्टाटस लेखेर परिवर्तन सम्भव नहुने बताउँदै आन्दोलनको नेतृत्व आफैंले गर्ने स्पष्ट पारे। उनले सडकबाटै २०४७ सालको संविधान पुनः कार्यान्वयनका लागि संघर्ष गर्ने बताए ।