मन्त्रिपरिषद्को निर्णयः तीन सचिवको सरुवा


काठमाडौं । सरकारले तीन मन्त्रालयका सचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र राष्ट्रिय योजना आयोगका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रिपरिषद्को निर्णय अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयमा कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई भने राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।
उनी आगामी मंसिरमा अनिवार्य अवकाशमा जाँदै छन्। यस्तै, राष्ट्रिय योजना आयोगमा सचिवका रूपमा कार्यरत सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।