सुनको मूल्य बढ्यो

User Image Prime TV News २ दिन अगाडि
Image of सुनको मूल्य बढ्यो

काठमाडौ । आज सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा बृद्धि भएको हो ।

आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख २६ हजार १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।