आर्सनलले चेल्सीविरुद्ध २–१ को कठिन जित
Prime TV News २ दिन अगाडि 
काठमाडौ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीविरुद्ध २–१ को कठिन जित निकालेको छ ।
आइतबार आर्सनललाई घरेलु मैदान एन्फिल्ड रंगशाालामा जित दिलाउन विलियन सालिवा र जुरियन टिम्बरले समान एक गोल गरे । चेल्सीले भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलको २१औँ मिनेटमा सालिवाले आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलबाट आत्मघाती गोल भएपछि चेल्सीले खेलमा पुनरागमन गरेको थियो ।
६६औँ मिनेटमा टिम्बरले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन् । जितसँगै आर्सनलले लिगमा ६४ अंक बनाएको छ । पराजित चेल्सी ४५ अंक सीमित छ ।












