नेपाली महिला फुटबल टिम तीन देशसँग मैत्रीपूर्ण खेल खेल्दै


काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारत, इन्डोनेसिया र चाइनिज ताइपे सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अक्टोबर २६ मा भारतको सिक्किममा नेपाल र भारतबीच खेल हुनेछ। त्यसपछि नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण सिरिज हुनेछ । जहाँ नेपालले इन्डोनेसिया र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि प्रशिक्षक प्याट्रिक डे वाइेल्ड र कप्तान चयनसम्बन्धी विवादका कारण टिममा अस्थिरता देखिएको थियो। वाइेल्डले सावित्रा भण्डारी साम्बालाई कप्तान बनाएपछि विवाद चुलिएको थियो ।