युद्धको छायाँमा इरानको विश्वकप, भागीदारी संकटमा

User Image Prime TV News २ दिन अगाडि
Image of युद्धको छायाँमा इरानको विश्वकप, भागीदारी संकटमा

काठमाडौ । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ अहिले गम्भीर राजनीतिक तनावको प्रभावमा परेको छ। इजरायल र अमेरिकाका आक्रमणका कारण इरानले प्रतियोगितामा भाग नलिन सक्ने संकेत दिएको छ।

इरान फुटबल फेडरेशनका अध्यक्ष मेहदी ताजले राष्ट्रिय टोलीका लागि अमेरिका गएर खेल्न हालको परिस्थितिमा “अत्यन्तै कठिन” भएको बताएका छन्। उनले इरानी खेलकुद मिडियालाई भने, “यस आक्रमणपछि हामीबाट आशा र उत्साहका साथ विश्वकप हेर्ने अपेक्षा गर्न सकिँदैन।”

विश्वकप आगामी ११ जुनदेखि १९ जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ। इरानलाई समूह–जीमा राखिएको छ । राजनीतिक चुनौती थपिएको कारण इरानका खेलाडीहरूले अमेरिकामा खुला रूपमा भाग लिन कठिनाइ भोग्नुपर्ने स्थिति छ। यसबाहेक, ट्रम्प प्रशासनले इरानी समर्थकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

हालैको घटनाक्रममा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीको निधन भएपछि मध्यपूर्व क्षेत्रमा तनाव अझ बढेको छ। यद्यपि, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अहिलेसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।