प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

User Image Prime TV News २ दिन अगाडि
Image of प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौ । यहि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन, कर्मचारी खटनपटन तथा आवश्यक सामग्री ढुवानीका सबै काम सम्पन्न भएको जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान अधिकृत तथा अन्य कर्मचारीहरू सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेका छन्। मतदान प्रक्रियाका लागि आवश्यक मतपेटिका, मतपत्र, छापलगायतका सामग्रीहरू पनि समयमै सम्बन्धित स्थानमा पठाइसकिएको उनले जानकारी दिए।

निर्वाचन प्रचारप्रसारका लागि आयोगले ४ फागुनदेखि १८ फागुनसम्मको अवधि निर्धारण गरेको थियो। निर्धारित समयावधि सकिएसँगै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ। साथै मतदानका दिन शान्तिपूर्ण सहभागिताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।