सेयर बजारमा सकारात्मक संकेत,लगातार बजार हरियालीमा


काठमाडौ । नेपालको सेयर बजारमा पछिल्लो समय सकारात्मक संकेत देखिन थालेका छन्।
आइतबार बजार ११६.०१ अंकले वृद्धि भई २६२७.९३ बिन्दुमा पुगेको थियो भने सोमबार बन्द रहेपछि मंगलबार ५८.६३ अंकले बढेर बजार २६८२.२५ बिन्दुमा पुगेको छ। मंगलबार २३८ कम्पनीको सेयर मूल्य बढेको र १४ कम्पनीको मूल्य घटेको छ भने कारोबार रकम ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको रहेको छ।
गतसाता बिहीबार बजार नकारात्मक सर्किट ब्रेकको प्रभावमा घटेर १६०.३३ अंकले २५११.९१ बिन्दुमा झरेको थियो। उक्त दिन बजारमा करिब पाँच मिनेट मात्र कारोबार भएको र ७२ करोड रुपैयाँको कारोबार भएको थियो। तर यस साता दुई दिन लगातार बजार हरियालीमा देखिएको छ।
सरकारले पुँजी बजार सुधारका लागि विभिन्न पहलहरु सुरु गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारलाई पहिलो प्राथमिकता दिएको र लगानीकर्तालाई विश्वस्त बनाउन प्रयास गरिरहेको बताइएको छ।
नेपाल धितोपत्र बोर्डले नेप्से सूचकांकको अन्तिम मूल्य गणनाका लागि लागु गरिएको १५ मिनेटको भारित औसत मूल्य निर्धारण विधिलाई स्थगन गरेको छ, किनभने यसले बजारको प्राकृतिक उतारचढावमा असर पुर्याएको थियो।
विश्लेषकहरू नयाँ चुनावी सरकार बनेपछि बजारले नयाँ गति लिन सक्ने अनुमान गरिएको छ ।