ओमानको खाडीमा तनाव चर्कियो, ६ अमेरिकी सैनिक मारिएको पुष्टि

User Image Prime TV News २ महिना अगाडि
Image of ओमानको खाडीमा तनाव चर्कियो, ६ अमेरिकी सैनिक मारिएको पुष्टि

काठमाडौ । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको जनाएको छ।

सेन्टकमले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरे पनि घटनाको प्रकृति, स्थान र मारिएका सैनिकहरूको परिचय सार्वजनिक गरेको छैन। समाचार संस्था रोयटर्सले अमेरिकी सेनाको विज्ञप्तिलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो।

यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू नष्ट गरिएको दाबी गरेको थियो। अमेरिकी पक्षका अनुसार उक्त कारबाहीपछि सो क्षेत्रमा इरानका कुनै पनि जहाज बाँकी नरहेको छ। अमेरिकी सैन्य अधिकारीहरूले इरानले लामो समयदेखि ओमानको खाडी क्षेत्रमा अन्तर्राष्ट्रिय ढुवानी मार्गमा अवरोध र आक्रमणका गतिविधि गर्दै आएको आरोप लगाउँदै आएका छन्।

घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। विश्लेषकहरूका अनुसार पछिल्लो घटनाले अमेरिका–इरान सम्बन्धमा थप तनाव निम्त्याउने सम्भावना रहेको छ।