रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण

User Image Prime TV News ११ महिना अगाडि
Image of रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण

काठमाडौ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा सारिएको छ। कारागार व्यवस्थापन विभागले उनलाई सुन्धाराबाट स्थानान्तरण गरेको हो।

जेनेरेटर प्रदर्शनको बेला भदौ २४ मा सुन्धाराबाट फरार भएका रायमाझी सोमबार आफैं कारागार फर्किएका थिए। त्यसपछि उनलाई भिआइपी कैदीहरूका लागि चिनिएको डिल्लीबजार कारागारमा राखिएको हो।

उक्त कारागारमा पूर्व सांसद दीपक मनाङे र पूर्व सभामुख कृष्ण बहादुर महराले पनि कैद बसेका थिए।