मध्यपूर्व तनाव बढेसँगै अमेरिकाले नागरिकलाई बाहिरिन आह्वान
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका विभिन्न देशबाट सुरक्षित रूपमा बाहिरिन आग्रह गरेको छ।
समाचार संस्था सीएनएनका अनुसार अमेरिकी विदेश मन्त्रालयका कन्सुलर मामिला प्रमुखले सामाजिक सञ्जाल मार्फत बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, युएई र यमनमा रहेका नागरिकलाई व्यावसायिक यात्राका साधन प्रयोग गरेर बाहिरिन निर्देशन दिएका छन्।
सहायक सचिव मोरा नामदारले अमेरिकी नागरिकलाई आवश्यक परे २४ सै घण्टा विदेश मन्त्रालयसँग सम्पर्क राख्न र नजिकैको अमेरिकी दूतावास वा कन्सुलर कार्यालयबाट पछिल्लो सुरक्षा जानकारी लिन आग्रह गरेका छन्।
यो चेतावनी अमेरिका–इजरायलबीचको सैन्य कारबाहीको प्रत्युत्तर स्वरूप इरान द्वारा मध्यपूर्वका विभिन्न देशमा अमेरिकी सम्पत्तिमा लक्षित आक्रमण बढेको परिस्थितिमा आएको हो। केही देशहरूले यसअघि आफ्ना अमेरिकी नागरिकलाई ‘सेल्टर इन प्लेस’ अर्थात् सुरक्षित ठाउँमा बस्न निर्देशन दिइसकेका थिए ।













