भक्तपुरमा इन्सास राइफल र हतियारसहित एक पक्राउ
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र विभिन्न हतियारसहित ३१ वर्षीय आयन सेढाइ पक्राउ परेका छन्। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका आयन सेढाइ गोरखाको पालुङटार नगरपालिका–९ घर भएका हुन् र भुम्डोलमा बस्दै आएका थिए। उनीसँगबाट एसएलआर राइफलका ४ राउण्ड गोली, प्लास्टिक राउण्ड २, सटगन राउण्ड १, खुकुरी १, सोको दाप २, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा यो हतियार र गोली जेनजी आन्दोलनको समयमा लुटिएको हुनसक्ने आशंका गरिएको छ। यस घटनाले भक्तपुर क्षेत्रमा सुरक्षा निगरानी कडा गर्नुपर्ने आवश्यकता औँल्याएको छ र अनुसन्धान अझै जारी छ।












