धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

User Image Prime TV News २ महिना अगाडि
Image of धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका साहको खारेज गरेको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकारहरूसँग पुष्टि गर्दै भने, “उम्मेदवारी खारेज गर्ने निर्णय आयोगको कानुनी प्रक्रिया अनुसार गरिएको हो।”

किशोरी साह बैंक तथा वित्तीय संस्थाहरूको कालोसूचीमा परेकाले निर्वाचनमा भाग लिन असक्षम भएको प्रमाण आयोगले जनाएको छ। यस कारणले उनलाई उम्मेदवारीबाट हटाइएको आयोगले जनाएको छ । यस निर्णयसँगै धनुषा–१ क्षेत्रका मतदाताहरूका लागि रास्वपाको उम्मेदवारी अब अमान्य भएको छ। अब उक्त क्षेत्रमा अन्य दलका उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुनेछ।