राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ गते

User Image Prime TV News एक दिन अगाडि
Image of राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ गते

काठमाडौ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते दिउँसो २:०० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना हुने भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार, नेपालको संविधानको धारा ८६ (२) बमोजिम माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनेछन्।

सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरु हुनुभन्दा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ। साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पनि साथमा ल्याउन भनिएको छ।

नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको अनुवादको एक प्रति फागुन २४ गते आइतबारसम्म संघीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।