कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ।
मंगलबार दिउँसो करिब पौने ४ बजेतिर अचानक आगलागी भएको थियो। आगलागी भएपछि दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
आगो कसरी लागेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी छ।







